पोखरार पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको थियो ।
सोही अवसरमा भएको रक्तदानमा ४१ प्रिन्ट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले स्थापना कालदेखि नै विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविर गर्दै आएको छ । स्थापनको १० वर्षमा एक लाख ६० हजारले शिविरबाट सित्तैमा सेवा लिइसकेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त बताउँछन् ।




