पोखरा फोटो ग्राफर संघ कास्कीले आजिवन सदस्य तथा साधारण सदस्यको जिवन विमा गर्ने उद्धेश्यका साथ देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पोखरा फोटोग्राफर संघको आयोजनामा कातिक १४ गते फोटोग्राफर संघको प्राङगणमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको हो ।
देउसी भैलोबाट उठेको रकमबाट रु एक लाख बराबरको विमा गर्ने संयोजक राजु प्रसाद तिमिल्सिनाले बताए ।




