आफ्नो हिरासतमा रहँदै आएकी इटालीकी पत्रकार सिसिलिया साललाई इरानले रिहा गरेको छ । गएको महिना इरानमा पक्राउ परेकी सासा रिाह भएर देश फर्कदै गरेको इटालीको सरकारले भनेको छ ।
२० वर्षिय सालालाई १९ डिसेम्बरमा पक्राउ गरिएको थियो । ड्रोन प्रविधि आपूर्ति गराएको र अमेरिकी सेनाहरू मरेको मामिलामा इटलीका अधिकारीहरूले अमेरिकाको अग्रहमा मिलानमा इरानी इञ्जिनियरलाई पक्राउ गरेको तीन दिनपछि सासा इरानमा पक्राउ परेकी थिइन् ।
तेहरानको कुख्यात इभिन जेलमा उनलाई थुनामा राखिएको भन्दै समाचारहरू आएका थिए । साललाई किन रिहा गरियो भन्ने स्पष्ट छैन । तर सप्ताहन्तमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इटलीकी प्रधानमन्त्री जिओर्जिया मेलोनीले सालको विषयमा कुरा गर्ने हल्ला चलेको थियो ।अमेरिकाका बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेन यही हप्ताको अन्त्यतिर इटलीको भ्रमणमा जाँदैछन् ।




