पोखरा, १८ फागुन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै
सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् ।
एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ।।।अग्नि जलनमा मलम’
सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय
विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ।।।पोखरामा अब एक
वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले
डाक्टर सा’बलाई भनेको छु
,’ उनले भने, । क्यान, नेपाल सरकारले पनि
साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय
प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधासम्पन्न युनिट
अथवा अस्पताल बनाउनुपर्छ भन्ने प्रतिबद्धता मेरो छ ।’
गत ३ फागुनमा पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन
पड्किँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते
भएका थिए ।
पोखरामा जलनको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्रोत
साधनयुक्त बनाउन आवश्यक रहेको मेयर आचार्यले बताए । कीर्तिपुर अस्पतालले
दिएजस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल हुन आवश्यक
रहेको मेयर आचार्यको भनाइ थियो । जलनसम्बन्धी सचेतना र प्राथमिक
उपचारबारे विद्यालयदेखि नै सिकाउन आवश्यक रहेको मेयर आचार्यले बताए ।
जलनको विषय विद्यालय तहको पाठ्यपुस्तकमा समेट्न पाठ्यक्रम विकास
केन्द्रसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीले
नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेको सुनाए । देशभर ९० वटा
केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको दुई घण्टाभित्रै गर्न
सकिने उनले बताए । ।।।जल्नेबित्तिकै हेल्थ पोष्ट, जिल्ला अस्पतालमा उपचार
गर्न सकिन्छ । देशभर ९० वटा केन्द्र भएमा २ घण्टामा प्राथमिक उपचार पाउन
सकिन्छ,’ डा. नकर्मीले थपे, ।।।त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक
अस्पतालमा गर्न सकिन्छ र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिन्छ ।’
कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या रहेको र दुई वर्षभित्र
७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको उनले सुनाए
।
घटना घटिसकेपछि आत्तिन नहुने भन्दै डा. नकर्मीले केही प्राथमिक उपचारका
उपाय सुझाए । ।।।आगो लागेपछि आत्तिएर भाग्न हुँदैन । भुइँमा
लड्नुपर्छ । लडीबुडी गर्नुपर्छ । जिउमा भएको लुगा र गहना खोल्नुपर्छ,’
उनले थपे, ।।।तातोपना घुम्सिएर घाउ गहिरो हुन्छ । पोलेको ठाउँमा पानी
खन्याउनुपर्छ । त्यसले घाउ गहिरो हुँदैन । तर, त्यो कुरा धेरै भएको
पाइँदैन ।’
जलनविरुद्धका अभियन्ता उज्वलविक्रम थापा वार्षिक ७० हजार नेपालीले
व्यहोनुपर्ने अमानवीय नरसंहारको रूपमा व्याख्या गरे । दुर्घटना जुनसुकै
समय हुनसक्ने भन्दै थापाले पहिल्यै सचेत हुन उनले आग्रह गरे । ।।।मनुष्य
जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरा हरेक व्यक्तिको समान हुन्छ ।
एउटै गल्तीले जल्ने गर्छन् । मलाई हुँदैन भन्ने भ्रममा
नबाँच्नुहोला । कसैलाई पनि कुनै समय पर्न सक्ने भएकाले यसलाई रोग
होइन दुर्घटना भनिएको हो,’ थापाले भने ।
आगोसँग नजिक हुने श्रमिकको बीमा गरिदिन उनले व्यवसायीलाई आग्रह गरे
। पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग
नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर
नछोड्ने अभियन्ता थापाले सुझाव दिए ।




