पोखरा, १९ चैत
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–
गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको
कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो ।
आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर
महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा
फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको
सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने
सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए । नवलपुरको गैडाकोट
नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै त्यहाँ जान बनाइएको केवलकार र
नारायणी नदीमा सञ्चालित मोटर बोटको दृष्य पनि कैद गरेको संघका अध्यक्ष राम
गुरुबले बताए ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्माले फोटो र
पर्यटन क्षेत्र एक अर्काका परिपूरक भएको बताइन् । हरेक सञ्चार माध्यममा
फोटो पत्रकार आवश्यक रहेको उनको भनाइ थियो । समग्र क्षेत्रको विकासमा
फोटोले अहम भूमिका खेल्ने भएकाले कास्कीमा रहेको नेपाल फोटो पत्रकार
संघ कास्कीलाई आगामी दिनमा अझै रचनात्मक काम गर्दै अघि बढ्नुपर्ने
उनले सुझाव दिइन् ।
मेघौली पुगेको टिमले बाराही जंगल लजबारे महाप्रबन्धक प्रकाश चन्दसँग
अन्तरक्रिया गरेको थियो । २०१३ सेप्टेम्बरबाट बाराही ग्रुपले सञ्चालनमा
ल्याएको लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । १३
हेक्टरमा फैलिएको लज राप्ती नदीको किनारमा हरियाली जंगलभित्र छ । थारु
शैलीको घरमा बस्न पाउनु यसको विशेषता रहेको चन्दले बताए । लजबाटै राप्ती
नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती
लगायत जंगली जीवजन्तु रमाएको दृश्यावलोकन गर्न मिल्छ ।
ती जीवजन्तुलाई अझ नजिकबाट नियाल्न साँझमा डुंगा सफारी र बिहानमा
जंगल सफारीको सुविधा छ । स्थानीय थारु संस्कृति प्रवद्र्धन गरिरहेको लजमा पर्यटक
बस्ने भिल्लादेखि स्वागत कक्ष, डाइनिब, टाइगर्स डेन बारका घरसमेत थारु शैलीमै
बनेका छन् ।
लोपोन्मुख अवस्थामा पुगेको मट्टीतेल लालटिन लजमा निकै रचनात्मक ढंगले
सदुपयोग गरिएको छ । लजमा बेलुका स्थानीय थारु र कुमाल जातिकै सांस्कृतिक नाँच
देखाइने उनले बताए । मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धनमा लजले टेवा
पु¥याइरहेको जानकारी दिदैं उनले त्यहाँबाट नजिकै रहेको विमानस्थल
सञ्चालनमा आए टेवा पुग्ने बताए ।
एनपिजेए कास्कीका अध्यक्ष गुरुबले लजले मेघौली, चितवन मात्र नभएर देशकै
पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको बताए । यहाँको प्रकृतिको फोटो तथा
भिडियोहरु फोटो पत्रकारको क्यामेरामा कैद भएकाले कुनै न कुनै माध्यमबाट
लज, चितवन राष्ट्रिय निकुञ्जसगै सिंगो राष्ट्रको पर्यटन क्षेत्रको विकासका लागि
प्रयोग गरिने उनले बताए ।
‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रमकी संयोजक राधिका कंडेलले
फोटो पत्रकारिता केवल दृष्य कैद गर्ने माध्यम मात्र नभई समाजका विविध पक्ष
उजागर गर्ने सशक्त माध्यम भएको बताइन् । एनपिजेए कास्कीका उपाध्यक्ष समेत
रहेकी कंडेलले भनीन्, ‘यसले सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउँदै
पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदाको संरक्षण तथा सामाजिक जीवनका अनगिन्ती
आयामहरु उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’




