शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुले आन्दोलन चकाईरहेका बेला राजीनामा दिएकी छिन् ।
सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन्।
शिक्षामन्त्रीले राजीनामा दिएको भट्टराईको सचिवालयका सदस्य अशेष पोखरेलले जानकारी दिए ।
विद्यालय शिक्षा विधेयक जारी हुनुपर्ने माग गर्दै देशभरीका शिक्षक २० दिनदेखि आन्दोलनमा छन् ।




