नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई लक्षित गरी पोखराको अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकार चढाउने भएको छ । अन्नपूर्ण केवलकारमा पोखराको सेदिबगर देखि सराङकोटसम्मको केवलकार यात्रा गर्दा आज तिज पर्वको अवसरमा महिलाहरुलाई २ सय ५० रुपैयामा जान आउन पाउनु हुने भएको छ ।
त्यसै गरी गणेश चतुर्थीको पावन अवसरमा भदौं ११ गते बुधबार नेपाली र भारतीय पर्यटक तथा दर्शनार्थीहरुलाई ५० प्रतिशतमा केवलकार चढाउने भएको अन्नपूर्ण केवलकार लिमिटेडका जनरल म्यानेजर दिनेश पौडेलले बताउनु भयो । सेतीबगर देखि सराङकोट जाने र आउने यात्रुकोे शुल्कमा बुधबार ५० प्रतिशत छुटमा ३ सय ५० रुपैया नेपाली र भारतिय पर्यटकलाई ५० प्रतिशत छुट गर्दा ५ सय रुपैयामा केवलकारमा चढाइने भएको हो ।
केवलकारबाट पोखरा १८ फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न सकिन्छ । नेपालीहरुको लागि केवलकारमा जाने र आउने शुल्कः ७ सय रुपैया रहेको छ भने भारतीय पर्यटकहरुको हकमा १ हजार शुल्क निर्धारण गरिएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, फेवाताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
त्यसै गरी सराङकोटमा सराङकोट धाम जहाँ ५१ फिट अग्लो गणेशको मुर्ति दर्शनको लागि हरेक मंगलबार नेपालीलाई २० प्रतिशत छुट, सराङकोट धाममा हरेक सोमबार महाआरती हुने हुँदा साँझ ४ बजे पछि यात्रुहरुको लागि २ सय ५० रुपैयामा केवलकारको यात्रा हुने भएको छ ।




