जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल
प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै
यात्रा टुंगाउन पुगे ।
सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा
आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि.एम. समाज फाइनल पुगेको हो
।
समूह ।।बि’ को उपविजेता कावासोतीको जि.एम. समाज समूह ।।।ए’ को विजेता
आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट
उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले
आयोजकलाई हुटिङ गरे पनि जि.एम. समाजले २५–१३, २५–२० र २५–
२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी
घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।
यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङजा पौवेगौडेको ढुंगेदेउराली क्लबले
विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको
हो । एपिएफ समूह ।।।बि’ को विजेता हुँदै सेमिफाइनल पुगेको थियो ।
समूह ।।।ए’ को उपविजेता ढुंगेदेउराली हो । ढुंगेदेउरालीले पहिलो सेट
२५–१९ जितेर अग्रता कायम गरेको थियो । बाँकी सेट २५–२३ र २५–१९ मा
रोमाञ्चक जित हात पार्दै जि.एम. समाजसँग फाइनल सुनिश्चित गरेको हो ।
ढुंगेदेउरालीका लिफ्टर राजन दर्माली म्यान अफ दि म्याच घोषित भए ।
६ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र एपिएफ लिग चरणमा समान २–
२ खेल खेल जितेर सर्वाधिक ६ अंकका साथ समूह विजेता हुँदै सेमिफाइनल खेलेका
थिए । सोमबारकै लिग चरणमा आयोजकले ढुंगेदेउरालीलाई ३–१ सेटमा र
एपिएफले जि.एम.समाजलाई ३–१ सेटमै हराएको थियो । माछापुच्छे«
गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन हुँदै अघिल्लो दिन
प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि
छात्रा भलिबलको फाइनल हुनेछ । जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा
गर्नेछन् ।
पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट
खेलाडीलाई १० हजार दिइनेछ । अन्तरमावितर्फ विजेताले १ लाख र उपविजेताले ५०
हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा
उत्कृष्ट विधामा आकर्षण पुरस्कार व्यवस्था छ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह
एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु
भएको हो । मंगलबारसम्म संचालन हुने महोत्सवमा कलाकारको दैनिक प्रस्तुति, तीज
गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता लगायत विविध कार्यक्रम
भइरहेको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवमा औद्योगिक तथा
व्यापारिक ५० स्टल राखिएको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवको
अन्तिम दिन मंगलबार चर्चित कलाकार प्रकाश दूतराज, श्रीदेवी देवकोटा, राजु ढकाल,
कृति गुरुङ लगायत कलाकारको प्रस्तुति हुनेछ ।




