• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मान्छेको शरीरमा १०७ मर्मस्थान, जहाँ चोट पुगे हुनसक्छ मृत्यु

  •  संवाददाता
  • बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
    Advertisement

    मानव शरीरमा १०७ वटा जीवितीय बिन्दु हुन्छ । ती बिन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु भएको छ ।

    राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमबारदेखि तीनदिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु गरेको हो । आयुर्वेद स्वास्थ्य संस्थाका ३० कविराज र वैद्यलाई सोमबारदेखि तालिम शुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले जानकारी दिए ।

    प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधनसमेत हुने गरेको छ ।

    कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन् । यही विषयमा जानकारी गराउन मर्म चिकित्सासम्बन्धी तालिम शुरु गरिएको हो ।

    दुवै हातमा ११/११ गरी २२ वटा मर्मस्थान हुन्छन् । यसैगरी गोडामा पनि ११/११ गरी २२ नै मर्मस्थान हुन्छन् । यसैगरी पेट र छातीमा १२ मर्मस्थान हुन्छन् । ढाडको भागमा १४ मर्मस्थान हुन्छन् । घाँटीभन्दा माथि ३७ मर्मस्थान हुन्छन् । तिनलाई ऊर्ध्वजत्रुगत मर्म भनिन्छ ।

    यसैगरी मानव शरीरमा सद्यः प्राणहर मर्म १९ वटा हुन्छन् । दुर्घटना वा चोटपटकका क्रममा यहाँ आघात परे घटनास्थलमै मानिसको निधन हुनसक्छ । यस्ता मर्मस्थान टाउकामै सातवटा रहेको कार्यकारी निर्देशक यादवले बताए ।

    यसैगरी घाँटीमा आठ यस्ता मर्मस्थान छन् । गुदा क्षेत्रमा एउटा यस्तो मर्मस्थान छ । शरीरमा क्लान्तर प्राणहर मर्म ३७, विशल्यघ्न तीन, वैकल्य कर ४४ र रुजाकर नामका मर्मस्थान आठवटा हुन्छन् ।

    मर्मस्थानमा प्राणको बास हुने भएकाले आघातका क्रममा मृत्युसमेत हुने गरेकाले चिकित्सकमार्फत मानवसमुदायलाई जानकारी गराउन लागिएको हो । यससम्बन्धी ज्ञान भएमा स्नायु प्रणालीका कारण शरीरमा लाग्न सक्ने रोगबाट बच्न सकिने भएकाले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

    गुर्जोको उपयोगिता र विशेषता पनि सिकाइँदै

    तालिममा मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोको उपयोगिता, विशेषता र महत्वसमेत सिकाइएको छ । तालिममा सातै प्रदेशका गरी ३० आयुर्वेद स्वास्थ्यकर्मीको सहभागिता छ ।

    तीनदिने तालिम उद्घाटन समारोहमा आयुर्वेदिक वनस्पति गुर्जोका विषयमा विशेष छलफल भएको छ । कार्यक्रममा गुर्जोबाट बनेको औषधि धुलो र चियासमेत वितरण गरिएको छ ।

    कार्यक्रममा गतवर्ष चैतदेखि कोरोनाबाट बच्न गुर्जोको धुलो र चिया लिएर हिँड्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपयोगिता, विशेषता र महत्वका बारेमा जानकारी गराएका थिए । उनले कार्यक्रममा सहभागी ५० जनालाई औषधीय गुणले युक्त गुर्जोका सामग्री हस्तान्तरण गरे ।

    सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योगगुरु किशोर जोशीले तालिमका सहभागीलाई योग गराए ।

    आयुर्वेद र योगलाई नागरिकको स्वास्थ्य सुधारका लागि उपयोग गरिने केन्द्रले जनाएको छ । आयुर्वेदका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई योग शिक्षकका रूपमा पनि जिम्मेवारी दिनेगरी तालिम दिनुपर्नेमा जोड दिइएको थियो ।

    यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घ बनेपा शाखाको ४१औँ वार्षिक साधारणसभाको अवसर पारेर करिब ५०० जनालाई गुर्जोको धुलो र चिया खुवाइएको उहाँले जानकारी दिए ।

    विसं २०७७ वैशाखदेखि चलाएको गुर्जाेको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ । पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जाेको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ ।

    गुर्जाेको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ ।

    गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ ।

    आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए ।

    हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूलो धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ ।

    आयुर्वेद अस्पताल र औषधालयलाई प्रवर्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ ।

    आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समिति निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ ।

    यस वर्ष वर्षात्का सयमा बाग्मती नदी किनारमा पनि हजारौँको सङ्ख्यामा गुर्जोको बिरुवा रोपिएको छ ।

    गुर्जो अभियानकर्मी राजलवटले उपलब्ध गराउनुभएको बिरुवा बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी विभिन्न स्थानका सफाइ अभियानकर्मीले रोपेका छन् । उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ ।

    देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिबार र बिदाका दिन छुट्टी नमनाई अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँड्छन् ।

    माग गर्ने जतिलाई निःशुल्क गुर्जोको बिरुवा दिन तयार रहेको उहाँले सार्वजनिक घोषणा गर्र्दै आएका छन् । यस वर्ष पनि वर्षात्मा गुर्जोको बिरुवा रोप्नलाई वितरण गरिने अभियानकर्मी राजलवटले बताए । यसका लागि धुलिखेलमा बेर्ना रोपिएको छ ।

    बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.