पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा र इलाम क्षेत्रमा भारी वर्षा भएको छ ।
काठमाडौँमा आइतबार बिहानदेखि वर्षा रोकिएको छ भने पूर्वतिर मनसुनी वर्षा धकेलिएको छ ।
शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको क्षेत्रमा जनजीवन प्रभावित भएको छ । आज मौसम बदली भई मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ ।
आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी इलामको सूर्योदयमा २४२.६ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा झापाको बाहुन डाँगीमा १९५.४, इलाम टि स्टेटमा १७८.४, अर्नाबारी बिर्तामा १३४ र चन्द्रागढी एयरपोर्टमा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ ।




