पोखरा, २ पुस । दोस्रो भारत–नेपाल टुरिज्म मिट कार्यक्रममा सहभागी बन्न
आएका भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मी मंगलबार साँझ पोखराको
लेखनाथस्थित पर्यटकीय गन्तव्य बेगनासमा आइपुगेका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य
पर्यटकको संख्यामा बृद्धि गर्ने उद्देश्यका साथ पोखरा भ्रमण वर्ष २०२५, पोखरा
पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा
महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भारतीय टुर अपरेटर र सोसल
मिडियाकर्मीको सहभागितामा बिहिबार पोखरामा हुने टुरिज्म मिटको पूर्व
सन्ध्यामा गन्तव्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत टोली बेगनास आएको हो ।
मिटमा सहभागी हुन आएको १२ सदस्यीय भारतीय टोलीलाई सोमबार
पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा
स्वागत गर्र्दै स्थल मार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो ।
गन्तव्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत भारतीय टोलीलाई होटेल संघ नेपाल
चितवनका तर्फबाट स्वागत एवम् पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया
गर्नुुका साथै चितवनका पर्यटकीय स्थल अवलोकन गराइएको थियो ।
मंगलबार तनहुँको बन्दीपुर हुँदै टोली बेगनास आइपुुगेको महासचिव सापकोटाले जानकारी दिनुुभयो ।
टोली साँझ बेगनास तालमा प्रत्येक महिनाको १ गते गरिने महाआरतीमा
सहभागी बन्नुुका साथै अन्तरक्रियामा सहभागी बनेको पोखरा भ्रमण वर्ष
२०२५ कार्यसम्पादन समितिका सह संयोजक एवम् होटेल तथा रेष्टुरेन्ट
एशोसिएसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिनुुभयो ।
टोलीललाई सहसंयोजक थापाले बेगनास क्षेत्रका पर्यटकीय गन्तव्यहरू
समेटिएको भिडियो प्रस्तुत गर्दै यस क्षेत्रले पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको
जानकारी गराउनुुभयो ।
पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले भारतीय टुर
अपरेटर र सोसल मिडियाकर्मी सहभागी टोलीबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा
ठूलो योगदान पुुग्ने विश्वास व्यक्त गर्नुुभयो ।
उत्तर प्रदेशको पर्यटन विभागका सह निर्देशक दिनेश कुमारले यस क्षेत्रको
पर्यटन प्रवद्र्धनमा आँफूहरूले सक्दो सहयोग गर्ने धारणा राख्नुुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत युवराज गुुरु
बले पोखरा सहित यो क्षेत्रले धेरै पर्यटकीय सम्भावना बोकेको बताउँदै यहाँको प्रवद्र्धन आवश्यक रहेको बताउनुुभयो ।
महासचिव सापकोटाका अनुुसार भारतीय प्रवद्र्धनात्मक टोली आज बिहान बेगनास
क्षेत्रबाट पोखराहुँदै पर्वत र बाग्लुुबका पर्यटकीय गन्तव्यको अवलोकन गर्नेछ ।
टोली भोलि पोखराको पुम्दीकोट भ्रमण पश्चात पोखरा ग्रान्डमा हुने टुरिज्म
मिटमा सहभागी बन्ने छ । मिटमा व्यवसायी व्यवसायीबीच पर्यटकीय साझेदारी
लगायतमा भेटघाट तथा छलफल(बिटुबी) हुनेछ ।




