पोखरा,१७ फागुन ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
उम्मेदवार आचार्यले आज आफ्नो फेसबूक पेजमा एक स्टाटस साझा गर्दै सामाजिक संजाल फेसबूक र टिकटकबाट अब आउने काम र दायित्वका बारेमा प्रत्यक्ष संवाद गर्ने उल्लेख गरेका हुन् ।
भूगोल सहित अन्य कारणले भेटघाट हुन नसकेका आम कास्की क्षेत्र नं। २ का मतदाता समक्ष आचार्यले सुझाव सहित आगामी कार्यदिशा सम्बन्धमा सुझाव लिन प्रत्यक्ष संवादमा जुट्न लागेको उनले बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उम्मेदवार आचार्यले लेखेका छन् ः–
‘के हामी संवाद गर्न सक्छौँ
https://www.facebook.com/share/1AUaysfghN/




