युएफसी एमएमएको छनोट प्रतियोगितामा नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर बने ।
बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका छन् ।
रविन्द्र अबको खेल जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग सेमिफाईनल खेल्नेछन् ।




