• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा अनलाइन सट्टेबाजी सञ्चालन गर्ने गिरोह पक्राउ, ८ जना नियन्त्रणमा

  •  संवाददाता
  • शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    Advertisement

     कास्की प्रहरीले पोखरा महानगरपालिका–१८ सेदीस्थित एक घरबाट अनलाइन गेम तथा खेलकुद सट्टेबाजी सञ्चालन गरिरहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक भारतीय नागरिकलाई मुख्य सञ्चालक रहेको प्रहरीले जनाएको छ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा जीवन श्रेष्ठको घरमा छापा मारेको थियो। सो क्रममा अनलाइन सट्टेबाजी सञ्चालन भइरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा दार्चुला घर भई हाल पोखरा–१८ सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा, भारतको भूपा मानपुर स्थायी ठेगाना भएका तथा हाल पोखरा–१८ बस्ने ३४ वर्षीय सत्यम सिंह (मुख्य सञ्चालक), २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्रलगायत रहेका छन्।

    प्रहरीले घटनास्थलबाट सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल, नौ थान किबोर्ड, चार थान मल्टिप्लग, १२ भोल्टको एक थान ब्याट्री, एक थान यूपीएस, दुई थान राउटर तथा विभिन्न कम्पनीका चार्जर बरामद गरेको छ।

    प्रारम्भिक अनुसन्धानका अनुसार गिरोहले २०८२ चैत १८ (१ अप्रिल २०२६) देखि ‘सफ्टवेयर कम्पनी’ सञ्चालन गर्ने बहानामा सात कोठे घर भाडामा लिएर बसोबाससँगै अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको थियो।

    उनीहरूले gurubhai247.pro नामको लिंक टेलिग्राम र व्हाट्सएपमार्फत विभिन्न व्यक्तिलाई पठाई रकम डिपोजिट गराएर दर्ता गराउने र त्यसपछि क्रिकेट, फुटबल तथा क्यासिनोसँग सम्बन्धित हार–जितका खेलमा सट्टेबाजी गराउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। खेलमा विजयी हुने व्यक्तिको खातामा अनलाइनमार्फत रकम भुक्तानी गरिने व्यवस्था मिलाइएको थियो।

    प्रहरीका अनुसार उक्त गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। कारोबारका लागि भारतीय नागरिकका बैंक खाता प्रयोग गरिएको तथा सबै आर्थिक कारोबार अनलाइनमार्फत हुने गरेको खुलेको छ।

    अनुसन्धानका क्रममा यो गिरोह भारतबाट सञ्चालित नाम नखुलेको एउटा ठूलो नेटवर्कको २७औँ शाखा का रूपमा सञ्चालन भइरहेको प्रारम्भिक तथ्य फेला परेको प्रहरीले जनाएको छ। काम गर्ने प्रत्येक व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको समेत खुलेको छ।

    प्रहरीले बरामद भएका तीन फरक कम्प्युटरका विवरण (सिट) मा क्रमशः रु. १ अर्ब ११ करोड ९९ लाख ११ हजार ९१८, रु. ९ करोड २ लाख २२ हजार २६ र रु. १० करोड ५५ लाख ६८ हजार ६९० बराबरको क्रेडिट विवरण फेला परेको जनाएको छ। उक्त रकमको वास्तविक स्रोत, कारोबारको प्रकृति र नेटवर्कबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.