• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

  •  संवाददाता
  • शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    Advertisement

    पोखरा, १६ साउन ।

    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव तथा चुनौतीहरूको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच र ध्यान (मेडिटेसन) लाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार तथा सकारात्मक सञ्चार प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाकी सञ्चालिका ब्रह्माकुमारी पुनम दिदीले सञ्चारिका समूह गण्डकी प्रदेशसँगको सहकार्यमा पत्रकारहरूका लागि यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको मानसिक, आत्मिक तथा भावनात्मक स्वास्थ्य सुदृढ हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सञ्चारिका समूहसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सञ्चारिका समुह गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले सञ्चार क्षेत्रमा बढ्दो मानसिक दबाबका बीच पत्रकारहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको कार्यक्रम फलदायी भएको बताउनुभयो । उहाँले सञ्चारिका समूहले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता विकास र मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रशिक्षणका क्रममा सहभागीहरूलाई ध्यान अभ्यास गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य प्रवद्र्धन, तनाव व्यवस्थापन, आत्मिक सशक्तीकरण तथा व्यवसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रमले पत्रकारहरूबीच मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सकारात्मक सोच, आत्मिक शान्ति र जिम्मेवार सञ्चार संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राधिका कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कञ्चन थापाले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.