• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

२७ औं जिल्लास्तरीय ‘तायाः मचा नृत्य प्रतियोगिता आयोजना हुने

  •  संवाददाता
  • बिहीबार , भदौ ११, २०८३ मा प्रकाशित
    Advertisement

    पोखराको लामाचौर चोकमा २७ औं जिल्लास्तरीय ‘तायाः मचा नृत्य प्रतियोगिता (२०८३’ आयोजना हुने भएको छ।

    ‘परम्पराको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने मूल नाराका साथ नेवाः खल कास्कीको आह्वान र लामाचौर नेवाः खल गुठीको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो।

    नेपाल एक बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रको रूपमा विश्वसामु परिचित रहेको र लाखौं पर्यटकहरू नेपालको कला संस्कृति र रहनसहन अवलोकन गर्न आउने गरेको विज्ञप्तीमा उल्लेख छ।

    आफ्नो संस्कृतिलाई जोगाउनु र भावी पुस्तालाई हस्तान्तरण गर्नु नागरिकको दायित्व रहेको कुरालाई जोड दिँदै कला संस्कृतिका माध्यमबाट देशको आर्थिक एवं पर्यटन प्रवर्धन गर्न सकिने विश्वास आयोजकको छ।

    पोखराको ऐतिहासिक एवं सांस्कृतिक धरोहरको रूपमा रहेको तायाः मचा नृत्य प्रतियोगितात्मक रूपमा नेपाल अधिराज्यभरिमा कास्की जिल्लामा मात्र हुँदै आएको छ।

    यस वर्षको प्रतियोगितामा कास्की जिल्लाभर छरिएर रहेका नेवाः समुदायका विभिन्न कचाः खल र तायाः मचा समितिहरूबाट करिब ३८ टिमको सहभागिता रहने जानकारी दिइएको छ।

    कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक नीति, नियम र सर्तनामाहरूको पालना गर्न सबै कचाः खलहरूको सहमतिमा गृहकार्य भइसकेको आयोजकले जानकारी दियोे ।

    २७ वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वले सामाजिक सद्भाव, प्रेम र भाईचाराको सन्देश प्रवाह गर्दै समाजलाई एक सूत्रमा बाँध्न सफल भएको दाबी गरिएको छ।

    तायाः मचा नृत्य नेवाः समुदायको मात्र नभएर सबै जातजाति र समुदायको साझा कार्यक्रमको रूपमा परिणत हुँदै गएकाले यसलाई राष्ट्रिय स्तरको पर्वको रूपमा विस्तार गर्न आवश्यक रहेको आयोजकको ठहर छ।

    विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रतियोगितालाई सफल बनाउन मनकारी व्यक्तिहरूले सहयोग गरेका छन्।

    पोखरा ३ तेर्सापट्टि निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना दिवंगत मातापिता बालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा नृत्य प्रतियोगिताको पुरस्कार र सहभागी टिमलाई प्रोत्साहन रकम प्रदान गर्ने जानकारी नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले दिए।

    यस कार्यक्रमको मुख्य उद्देश्य परम्पराको सम्मान गर्दै सभ्य समाजको पहिचानमा युवाहरूलाई अग्रसर गराउनुका साथै पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउनु रहेको बताइएको छ।

    एक दिने कार्यक्रम भए पनि यसको व्यवस्थापनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    खर्च व्यवस्थापनका लागि पोखरा महानगरपालिका, महानगरपालिकाका वडाहरू, प्रदेश सरकार, स्थानीय संघ संस्था, उद्योगी व्यवसायी र व्यक्तिगत वैदेशिक दाताहरूलाई आर्थिक स्रोतको रूपमा लिइएको आयोजकले जनाएको छ।

    प्रतियोगितालाई सफल बनाउन लामाचौर मिसाः पुचः र लामाचौर ल्याम्ह पुचःले सह(आयोजना गर्ने भएका छन्।

    मूल समारोह समितिका संयोजक सुशील कुमार श्रेष्ठ र नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले सम्पूर्ण कास्की जिल्लाबासी र सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरे।

    बिहीबार , भदौ ११, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.