नेपालमा पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बेलायतमा बसोबास गर्दै आएका सार्दिखोला समाज यूकेले रु ६ लाख ६३ हजार ९३ दशमलव ७५ सहयोग गरेको छ।
समाजले विभिन्न सहयोगदाताबाट संकलित ३ हजार २१५ पाउन्ड स्टर्लिङ बराबरको रकम नेपाली रुपैयाँमा रूपान्तरण गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
सार्दिखोला समाज यूकेले विपद्को समयमा मात्र नभई विगतदेखि नै आफ्नो जन्मभूमि तथा ग्रामीण क्षेत्रमा बाढीपहिरो, प्राकृतिक विपत्ति र अन्य मानवीय संकटमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ। साथै, स्थानीय विद्यालयहरूको शैक्षिक सुधार, पूर्वाधार विकास तथा विद्यार्थीको शैक्षिक क्षेत्रमा समेत समाजले निरन्तर सहयोग पुर्याउँदै आएको छ।




