नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर २ को प्रदेश
प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन् ।
विद्यार्थी र दलित आन्दोलनबाट उदायका युवा नेता नेपाली नेपाली कांग्रेस कास्कीका जिल्ला
सदस्य समेत हुन् । विद्यालय उमेरबाटै नेविसंघको राजनितिमा सक्रिय नेपालीले निर्वाचित हुँदै
कांग्रेसले यस पटक युवाहरुलाई अवसर दिएकोमा खुसी व्यक्त गरे ।
हिजोका दिनमा पार्टीले युवाहरुलाई नेतृत्वमा आउने वातावरण नबनाइराखेको अवस्थामा
अहिले त्यसलाई परिवर्तन गर्दै युवाको पार्टी बनाउने तर्फ अघि बढ्नुले कांग्रेसमा थप
नयाँ उर्जा थपिएको सुनाए ।
।।।हिजो हामी विद्यार्थी आन्दोलनमा होम्मिदै गर्दा पार्टीको प्रतिनिधिदेखी नेतृत्व तहमा
पुग्न निकै कठिन थियो । अझ हामी समावेशीबाट जानका लागि त झनै गाह्रो’ उनले
भने, ।।।अब कांग्रेस बदलिएको छ । समयसंगै सबै कुरा बदलिनुपर्छ । हिजो देशका लागि
कांग्रेसले थुप्रै योगदान दियो अब भनको देश बनाउने हो ।’
नेपाली स्वर्गीय दलित अगुवा एवम् नेता भवे सार्कीका जेठा छोरा हुन् । बुबासंगै हात समाएर
राजनितिमा लागेका नेपालीको बल्ल राजनैतिक यात्रा सुरु भएको छ ।
बुबाले नै आफुलाई विपि कोइरालाको अनुयायी बनाउन सिकाएको र इमान्दारले राजनिति
गर्न सुनाएको उल्लेख गर्दै पार्टीलाई सक्दो योगदान दिने उनको प्रतिबद्धता छ ।
बदलिदो समाजमा विकासका नयाँ खाका कोर्न आफुजस्ता हजारौं युवा पार्टीको नेतृत्व
पंक्तिमा पुगेको बताउँदै उनले पार्टीले बल्ल युवाको भावना बुझेको बताए । प्रदेश
प्रतिनिधिको उम्मेदवार समेत रहेका नेपालीले गगन थापाले जुन आँट गरेर पार्टीमा विद्रोह
गरे त्यसमा सबैले साथ दिनुनै आजको आवश्यकता रहेको सुनाए । “हिजो कांग्रसलाई एउटा
आरोप थियो । पुरानालाई मात्रै अवसर दिने युवा भविष्यका कर्णधार हुन भनेर
पन्छ्याइन्थ्यो तर आज समय फेरिएको छ । युवा भविष्यका कर्णधार होइनन् वर्तमानका
सहयात्री हुन्’ उनले भने ।




