• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

  •  संवाददाता
  • शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    Advertisement

    बेगनास ताल किनारमा आयोजना हुन लागेको छैठौं संस्करणको बेगनास फिस फेस्टिभल सफल बनाउन लेखनाथका विभिन्न संघसंस्था तथा स्थानीय अगुवाहरूले साथ, सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका छन् । तयारीका क्रममा आयोजित भेलामा वक्ताहरूले पर्यटन प्रवद्र्धन, सरसफाइ, जनशक्ति परिचालन, झाँकी ¥याली, मत्स्य प्रवद्र्धन र व्यवस्थापनमा सहकार्य गर्ने बताएका हुन् ।

    होटल एण्ड रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा आगामी कार्तिकको १३ देखि २३ गते सम्म बेगनासताल किनारमा छैठौं संस्करणको बेगनास फिस फेस्टिभलको आयोजना हुँदैछ ।

    शुक्रबार आयोजित भेलामा बोल्दै रामटोल नमुना आमा समूहकी अध्यक्ष देवका पौडेलले महोत्सवमा आर्थिक सहयोग गर्न कठिन भए पनि सरसफाइ तथा जनशक्ति परिचालनमा समूहले सहयोग गर्ने बताइन् । बेगनास ताल महिला समूहकी पूर्वअध्यक्ष शान्ति खनालले पर्यटनको ठूलो सम्भावना बोकेको बेगनासलाई प्रवद्र्धन गर्न सबै संघसंस्थाले महोत्सवलाई आफ्नै कार्यक्रम ठानेर अपनत्व लिनुपर्नेमा जोड दिइन् ।

    बेगनास ताल महिला समूहकी सल्लाहकार सीता कार्कीले आयोजकले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको बताइन् भने नमुना टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी कोइरालाले स्वयंसेवक र सरसफाइका लागि महिला जनशक्ति परिचालन गर्न सकिने बताइन् । बेगनास ताल टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पौडेलले स्थानीयस्तरमा हुने कार्यक्रम सफल बनाउन संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    स्थानीय भुवन कँडेलले महोत्सव कुनै एउटा संस्था वा व्यवसायीको मात्र नभई सबै स्थानीयको साझा कार्यक्रम बन्नुपर्ने बताए । जलेश्वर शिव मन्दिरका निवर्तमान अध्यक्ष कृष्ण ढुंगानाले सकारात्मक सन्देश, पर्याप्त जनशक्ति, मितव्ययिता र आर्थिक स्रोत व्यवस्थापनमा ध्यान दिन सुझाव दिए ।

    बेगनास ताल भजन मण्डलीका उपाध्यक्ष हिरामणि दाहालले आवश्यक पर्दा आफ्नो समूह सहयोगका लागि तयार रहेको बताए । पोखरा–३० का सामाजिक व्यक्तित्व भुवन श्रेष्ठले प्रचारप्रसार र सरसफाइ प्रभावकारी बनाउँदै माछाका विभिन्न प्रजाति तथा एक्वारियम फिससमेत प्रदर्शन गर्न सके महोत्सव आकर्षक हुने बताए ।

    मिलनसार तमु समाजका अध्यक्ष ईश्वर गुरुङले मत्स्य अनुसन्धान केन्द्रसँग समन्वय गरी उपलब्ध माछाका विभिन्न प्रजाति प्रदर्शन गर्न सुझाव दिँदै झाँकी ¥यालीलगायत जिम्मेवारी लिन तयार रहेको बताए । बेगनास मत्स्य क्षेत्रका राजेन्द्र जलारीले होटल तथा रेस्टुरेन्टमा स्थानीय माछा उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    ज्येष्ठ नागरिक सेवा केन्द्रका पदम आचार्यले स्पष्ट जिम्मेवारी दिइए संस्थाले सहयोग गर्ने बताए भने डुङ्गा व्यवसायी समितिका अध्यक्ष नवराज बास्तोलाले समितिमा छलफल गरी संस्थागत र व्यक्तिगत रूपमा सहयोग गर्ने बताए । धार्मिक पर्यटन तथा विकास संस्था बेगनासका मित्रलाल भण्डारीले आर्थिक क्षमता सीमित भए पनि पर्यटन प्रवद्र्धनका काममा सक्रिय सहयोग रहने बताए ।

    कुर्लुङखोला तथा सरसफाइ आयोजनाका अध्यक्ष दयासागर अधिकारीले आयोजकले संस्थाको क्षमता हेरेर जिम्मेवारी तोक्दा प्रभावकारी हुने सुझाव दिए । दिपाङ ताल पूर्वाधार एवं संरक्षण समितिका अध्यक्ष हेमराज आचार्यले बेगनास, दिपाङ र आसपासका क्षेत्रलाई जोडेर पर्यटन विकास गर्नुपर्ने बताउँदै आर्थिक सहयोग सीमित भए पनि जनशक्ति र संस्थागत सहयोग उपलब्ध गराउने बताए ।

    रुपाताल  पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष राम थापाले विगतका कार्यक्रमका कमजोरी समीक्षा गरी व्यवस्थापन सुधार्नुपर्ने भन्दै रुपातालका तर्फबाट आवश्यक सहयोग रहने बताए । जलेश्वर शिव मन्दिरका अध्यक्ष तथा बेगनास बाराही आरती समितिका अध्यक्ष राममणि अधिकारीले आर्थिक सहयोगबाहेक समन्वय, स्रोतसाधन र कार्यक्रमस्थल उपलब्ध गराउन तयार रहेको बताए । उनले छलफललाई आलोचनाभन्दा महोत्सव सफल बनाउन आफ्नो भूमिका के हुन सक्छ भन्ने विषयमा केन्द्रित गर्न सुझाव दिए ।

    देउराली मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम अधिकारीले जनप्रतिनिधिसहित थप स्थानीय संघसंस्थालाई समेट्नुपर्ने र महोत्सवलाई मुख्य राजमार्गदेखि बेगनास तालसम्मका गतिविधिसँग जोडेर बृहत् बनाउनुपर्ने बताए ।

    बेगनास युवा क्लबका सचिव विज्ञान कोइरालाले महोत्सवका लागि सचिवालय उपलब्ध गराउने बताए ।

    एशोसियसनका पूर्व अध्यक्ष तथा छैठौं फिस फेस्टिभलका निर्देशक दुर्गा प्रसाद अधिकारीले भेलामा उठेका प्रश्नहरुको सहजीकरण गरेका थिए । भेलाका वक्ताहरूले फेस्टिभललाई बेगनास क्षेत्रको मात्र नभई समग्र लेखनाथको पर्यटन प्रवद्र्धनसँग जोडिएको साझा कार्यक्रमका रूपमा अघि बढाउँदै आ–आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    एशोसियसनका अध्यक्ष शुरेस लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्राममने सञ्चालन महासचिव शक्ति श्री कोइरालाले गरेकी थिइन ।

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.