रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजातीका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेज जस्तै आवाज निकाल्छ ।
सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेजस्तो र कतिपयलका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
चिढियाखानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफुतर्फ खिच्न यो बाघ चिच्याउने गर्छ । विटास त्यतिबेलासम्म चिच्याउँछ, जबसम्म आफ्ना सबै काम छाडेर आमा ऊ समक्ष आउदिँनन् ।
रुसको एक चिढियाघरमा एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ
रुसको एक चिढियाघरमा एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




