विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ ।
उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार र स्तरोन्नतिको काम गर्ने निर्णय गरेको थियो ।
सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम तथा दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताए ।
विस्फोटक पदार्थको प्रयोग गरेर हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी
विस्फोटक पदार्थको प्रयोग गरेर हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




