तनहुँ । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजना बमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो ।
गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई आज मिनी ग्रेटवालको भ्रमण गराएको छ । क्लबको आयोजनामा तीन दिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालीम सञ्चालन भइरहेको छ । तालिममा भाग लिन आएका युवालाई बन्दीपुरको पर्यटनका बारेमा जानकारी गराउन सो ठाउँको भ्रमण गराइएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं पर्यटन विज्ञ हरसिंह गुरुङले जानकारी दिए ।
बन्धिपरमा मिनी गे्रडवाल आकर्षण बढ्दै
बन्धिपरमा मिनी गे्रडवाल आकर्षण बढ्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




