काठमाडौं ( पछिल्लो समय आइसल्यान्डमा खिचिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आइसल्यान्डको रेकजाभिक नजिक निस्किएको ज्वालामुखीलाई खिचिएको भिडियोलाई धेरैले मनपराएका छन् । भिडियोमा ज्वालामुखी नजिक खेलाडीहरूले भलिबल खेलेका छन् ।
ज्वालामुखीलाई नजिक खेलेको भलिबलको भिडियो धेरैले शेयर पनि गरेका छन् । यो अद्भुत भिडियो रट आइनार्सडोट्टिरले खिचेकी हुन् । उनले यो भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै त्यहाँको बारे छोटो जानकारी दिएकी छिन् ।
उनले क्याप्समा लेखेकी छिन् ( ूफाग्रादाल्सफालमा ज्वालामुखी विस्फोट भएको ठाउँनजिक मानिसहरू आरामले भलिबल खेल्दै ।ू विगत ६ हजार वर्षदेखि सुषुप्त रहेको ज्वालामुखी अहिले विस्फोट भएको हो ।




