भुवन केसी व्यवसायिक फिल्म बनाउन सबैभन्दा अगाडि छन् । कलाकारको रुपमा अनमोल केसी बाबु बराबर नै हुन् । तर, दुवैमा एउटै समस्या छ, हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने ।
दुवैजना आफ्नो निर्णयमा लामो समय टिक्न सक्दैनन् । सबैभन्दा पहिलो भुवन केसीको कुरा गरौं । भुवन केसीले ‘क्याप्टेन’पछि बनाउने भनेर घोषणा गरेको फिल्म थियो, ‘एन्टि हिरो’ । क्रिएटिभ टिम नै भारतबाट आउने घोषणा गरेका भुवनले यसका लागि हिरोइनमा जसिता गुरुङलाई साइन नै गरेका थिए ।
तर, यो फिल्म चटक्कै छाडेर भुवन केसी ‘पारस’ बनाउन लागे । भुवन केसीले ‘पारस’ बनाउने तयारी सुरु गरेको दुई वर्ष पुग्न लागेको थियो । यसका लागि पनि हिरोइन फाइनल छिन् तर अन्तिम समयमा आएर भुवन केसी ‘पारस’ हैन ‘माइतीघर २’ बनाउने मुडमा छन् ।




