आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक ५७ वर्षीय अमेरिकी पुरुष भएका छन् ।
चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ ।
यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन ।
सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो ५७ वर्षीय अमेरिकी पुरुष
सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो ५७ वर्षीय अमेरिकी पुरुष
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




