के आसिफको विवाह दिलिप कुमारकी बहिनी अख्तर बेगमसँग भएको थियो । एकपटक अख्तर बेगम र आसिफबीच झगडा भयो । दिलिप बचाउन पुग्दा आसिफले उनलाई ‘आफ्नो स्टारडम मेरो घरबाहिर राख’ भनेका थिए । दिलिप कुमार उनको यो कुराले असाध्यै रिसाएका थिए । दिलिप आसिफसँग यति रिसाए कि उनी फिल्मको प्रिमियरसम्म पनि गएका थिएनन् ।
५ अगस्ट सन् १९६० मा रिलिज भएको फिल्म ‘मुगल–ए–आजम’ लाई त्यस वर्ष फिल्मफेयर ले उत्कृष्ट फिल्मको पुरस्कार पनि प्रदान गरेको थियो । सन् १९६० मा बनेको यो फिल्मको सेट त्यतिबेला आफ्नो भव्यताका लागि निकै चर्चामा रहेको थियो । फिल्म मुगल–ए–आजमको गीत ‘प्यार किया तो डरना क्या’ लाहौर किलेको शीशमहलको हुबहु कपीमा सुट गरिएको थियो र यो शीशमहलको यो कपी अर्थात् सेट बनाउनमा २ वर्षको समय लागेको थियो । यो त्यतिबेलाको भारतको सबैभन्दा महँगो फिल्म सेट थियो जसलाई बनाउन करिब १५ वर्ष लाखको खर्च आएको थियो ।




