प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट । मेरो एउटा
साथी’ हुने भएको छ । प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र
बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो ।
पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको आयोजनामा नेपाली
पपगीतका प्रशिद्ध गायक पोखरेललाई प्रस्तुत गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन
गरी जानकारी दिइएको छ ।
लोकप्रिय गायक सुगमले आफ्ना रोज्जा प्रेम गीत प्रस्तुत गर्ने मेन मिडियाका प्रवन्ध
निर्देशक सुन्दर बस्यालले जानकारी दिए । जीवनमा गास, बास, कपाससँगै अर्को प्रेम
पनि अनिवार्य रहेको बताउँदै बस्यालले त्यसलाई संगीतले जोड्ने विश्वास व्यक्त
गरे ।
सुगमलाई अर्का चर्चित गायक कमल र केही अन्य चर्चित कलाकारको पनि प्रस्तुति रहने
आयोजक एसटी क्रियसनका प्रवन्ध निर्देशक सुरज थापाले बताए ।
।।।सुगम नेपाली संगीतको क्षेत्रमा आफैं एक ब्राण्ड हुन् । उनका गीतहरुले
प्रेम दिवसमा तन्नेरीहरुलाई झुमाउने छ,’ थापाले भने, ।।।प्रेम र संगीतमा
नयाँ स्वाद पस्किने जमर्को हामीले गरेका छौं ।’
मैत्रीभाव, प्रेम र एकताका भाव बोकेका सदाबहार गीतमार्फत सबै उमेर समूहका
दर्शकलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको
बस्यालले बताए ।
नेपाली पपलाई मुख्यधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सुगमले ।।।मेरो
संसार’, ।।।फेरि त्यो दिन सम्झन चाहन्न’ लगायतका सयौं कालजयी
गीतमार्फत माहोल तताउने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गायक विनोद बानियाले प्रणय दिवसमा प्रेमको भाव
बोकेका गीत–संगीत मार्फत दर्शकले मनोरञ्चन लिन सक्ने बताए । यस्ता गतिविधिले
सहरलाई जिवन्त राख्ने उनको भनाइ थियो । प्राविधिक कारणले आफ्नो सांगीतिक
समूह जोडिन नपाए पनि सुगमको प्रस्तुतिले नै सबैलाई जोड्ने बानियाले बताए ।
चुनावी गतिविधि भइरहेको र मतदानको मितिसमेत नजिकै रहेकाले क्लबभित्र कार्यक्रम
गर्न लागिएको आयोजकले जनाएको छ ।
लेभल्समा करिब ७ सय जनाले प्रत्यक्ष रुपमा कार्यक्रमको अवलोकन गर्न क्लबका
सञ्चालक अमित रोकाले बताए । सुरक्षाको व्यवस्थापनमासमेत कुनै कमी नरहेको उनको
भनाइ थियो ।
कार्यक्रमको लागि ९ सय ९९ रुपैयाको टिक इसेवा मार्फत खरिद गर्न सकिने र
कार्यक्रम स्थलमा टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।




