विश्वकप क्रिकेट लीग २ मा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ।
काठमाण्डौमा जारी त्रिपक्षीय त्रिकेट खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले टस हारेर पहिले ब्याटिङमा ३१८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले १९५ रन बनाएर ४१.२ ओभरमा अल आउट भयो।
नेपालले ५० ओभरमा ८ विकेटको गुमाउदै ३१७ रन बनाउँदा ईशान पाण्डेले सर्वाधिक ८४ रन बनाएका थिए। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५९ रन जोडे।




