• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण

  •  संवाददाता
  • मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    Advertisement

    तनहुँको म्याग्दे गाउँपालिका–४, जफदीका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणि’लाई गण्डकी प्रज्ञा–प्रतिष्ठानले ‘गण्डकी प्रज्ञा साहित्य सम्मान–२०८३’ अर्पण गरेको छ।

    हाल स्वास्थ्य अवस्था कमजोर रहेका साहित्यकार अधिकारीको निवासमै पुगेर प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरेको हो। सम्मानसँगै अधिकारीलाई नगद २५ हजार रुपैयाँ पनि प्रदान गरिएको छ।

    अधिकारीको सम्मानका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा।डा। कुसुमाकर न्यौपाने, सदस्य–सचिव मनकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलगायत साहित्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

    गाउँपालिकाका अध्यक्ष श्रेष्ठले दोसल्ला, प्रतिष्ठानका कुलपति प्रा।डा। न्यौपानेले सम्मानपत्र तथा सदस्य–सचिव श्रेष्ठले नगद रकम हस्तान्तरण गरे।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले जीवनभर निःस्वार्थ भावले समाज रूपान्तरणका लागि कलम चलाएका स्रष्टा अधिकारी स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको अवस्थामा प्रतिष्ठानले घरमै पुगेर सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताए। उनले यस्तो सम्मानले आफूहरूलाई पनि नयाँ सिकाइ र प्रेरणा दिएको उल्लेख गरे।

    प्रतिष्ठानका कुलपति प्रा।डा। न्यौपानेले अधिकारी द्रुतगतिमा कलम चलाउन सक्ने सिर्जनशील क्षमता भएका स्रष्टा रहेको बताए। जीवनभर लोभ–लालचमा नफसी आफ्नो कर्मप्रति अडिग रहेकै कारण प्रतिष्ठान उहाँको आँगनसम्म आइपुगेको उनको भनाइ थियो।

    “तपाईंले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिनुभएको छ। तपाईंहरूजस्ता कर्मठ सृजनाकारकै साधना र योगदानले हामीलाई थप ऊर्जा र प्रेरणा मिलेको छ,” कुलपति न्यौपानेले भने।

    सम्मानित स्रष्टा अधिकारीका साहित्यिक सिर्जनाहरू साहित्यकार भवानी अधिकारी तथा व्यास प्रज्ञा–प्रतिष्ठानका सदस्य नारायणी अधिकारीले प्रस्तुत गरेका थिए।

    सम्मान कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरू प्रा।डा। ईश्वरचन्द्र वाग्ले, बाबुराम बस्ताकोटी, टुकादेवी आचार्य, भूपेन बानियाँ, व्यास प्रज्ञा–प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, प्राज्ञहरू हरिसिंह गुरुङ, देवी बस्नेत, नारायणी अधिकारी तथा म्याग्दे साहित्य समाजका अध्यक्ष नारायण खनाललगायतको सहभागिता रहेको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सञ्चालन प्राज्ञ शान्ता बास्तोलाले गरेका थिए ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.