अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन कला समूह एमएससीएचएले सोमबार ६ सय ६६ जोर जुत्ता सार्वजनिक गरेको छ।
उक्त जुत्ताको नाम ‘सटान सुज’ हो। सटान सुजको एक जोरको मूल्य १ हजार १८ अमेरिकी डलर भएको बताइएको छ।
सार्वजनिक भएको एकै मिनेटमा यी सबै जुत्ताहरु बिक्रि भएको सीएनएनले जनाए
बीबीसीका अनुसार नाइकी एअर म्याक्स ९७ को मारिमार्जित जुत्ताको रुपमा सटान सुज बनाइएको हो।
यो जुत्तामा मानिसको एक थोपा रगत मिसाइएको बताइएको छ। यो जुत्ताको विज्ञापन र्यापर लिल नास एक्सले गरिरहेका छन्।
लिन नासको गीतमा बाइबलका केही शब्दहरु समेटिएका छन्। गीतमा उनले सटान सुज नै लगाएका छन्।
यो जुत्ताको सोलमा एक थोपा मानव रगत मिसाइएपछि चर्चित अमेरिकी कम्पनी नाइकीले सटान जुत्ताविरुद्ध मुद्दा हाल्ने भएको छ।
यो जुत्तामा नाइकीकै सोल प्रयोग गरिएको छ र यो नाइकी एअर म्याक्स ९७ को मारिमार्जित रुप हो। उक्त जुत्तामा नाइकीकै ब्रान्ड संकेत छ।
तर नाइकीले आफूले यो जुत्तालाई अनुमति नदिने बताउँदै अमेरिकी अदालतमा मुद्दा हालेको हो।
कम्पनी पहिल्यै विवादमा परेकाले मावन रगत प्रयोग हुँदा नाइकी थप विवादमा पर्ने उक्त कम्पनीको भनाइ छ।




