चर्चित भारतीय गायक सानले गाएको नेपाली गीत; युटुब भरी बन्यो भाइरल (भिडियो सहित )
भारतका चर्चित गायक तथा “सा र ग म प लिटल च्यामप्स” लगायत विभिन्न चर्चीत रियालीटी सो का जज, सानको आवाजमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ। नक्कली कान्छी बोलको गीतमा चर्चीत नेपाली डान्स क्रु “कार्टुन क्रु”को अभिनय रहेको छ।
कार्टुन क्रुका चर्चित अनुहार सरोज अधिकारी र आस्मा विश्वकर्मा यस म्युजिक भिडियोमा समावेश छन्। यस गीतलाई राकेश काफ्लेले लेखेका हुन् भने उमेश सुब्बाले संगीत दिएका हुन्। उक्त गीतको भिडियोलाई अहिले अत्यन्तै मन पराइएको छ । भिडियोलाई अहिलेसम्म १ लाख ७७ हजार भन्दा बढी पटक हेरिएको छ । अब प्रस्तुत छ उक्त गीत।




