काठमाडौं । नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी संस्करणको गीत सार्वजनिक भएको छ । सोमबार उक्त चलचित्रको गीतिएल्बम सार्वजनिक भएको हो ।
सार्वजनिक एल्बममा चारओटा गीत समावेश रहेका छन् । गीतमा भारतीय चर्चित गायक गायिकाको स्वर रहेको छ । पाकिस्तानी गायक राहत फतेह अली खानले पनि उक्त चलचित्रको गीतमा स्वर दिएका छन् । यस्तै भारतीय गायक जुबिन नौटियाल, अंकित तिवारी तथा गायिका पलक मुच्छल लगायतको स्वर रहेको छ ।
प्रदिप खड्का र किस्टिना गुरुङको मुख्य अभिनय रहेको चलचित्र प्रेमगीत ३ आगामी दशैँमा रिलिज हुँदैछ । चलचित्र नेपाल सँगै भारतमा पनि रिलिज हुनेछ । भारतीय संस्करणको टिजर समेत सार्वजनिक भएको छ । सन्तोष सेन र चेतन गुरुङले निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा लगायतको अभिनय रहेको छ ।




