काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो।
नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए।
गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो।




