पोखराबाट लगिएकी एक युवतीलाई कास्की जिल्लाको माछापुच्छ्रे गाउपलिकाका युवाहरुले सामूहिक वलात्कार गरेका छन्।
पक्राउ पर्ने अधिकांश युवाहरु माछापुछ्रे गाउपालिकाको घाचोक र लाहचोकका रहेको समाचार स्रोतले जानकारी दिएको छ।
उनीहरुले पोखरा महानगरपालिका वडा नम्बर ७ शान्ति नगरचोकबाट एक युवतीलाई गाडीमा हालेर घाचोकस्थित सेती नदीको किनारमा लगी सामुहिक वलात्कार गरेको प्राप्त समाचारमा जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले घटनाको पुष्टि गर्दै अनुसन्धान भैरहेकाले बिस्तृत विवरण दिन नमिल्ने जानकारी दिए । उनले घटनामा संलग्न सात जना युवाहरुलाई मुद्दा चलाइएको पनि जानकारी दिए । मुद्दा चलाइएकाे युवाहरुको नाम भने उनले दिन इन्कार गरे। ।




