पोखरा, भदौ २२ ।
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन
पोखरेल प्यानल घर दैलो मै व्यस्त रहेको छ । शुक्रबार र शनिबारसंघको नयाँ नेतृत्वका
लागि ३४ औं महाधिवेशन हुँदै छ । अधिवेशनको पूर्वसन्ध्यामा पनि पोखरेल प्यानल
मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ ।
टोली बिहीबार राष्ट्रबैंक चोक, बिरौटा, रत्नचोक, सिर्जनाचोक र सामसुब गल्लिका उद्योगी
व्यावसायीहरु सँगै थिए । त्यहाँ उनीहरुले आफ्ना समस्या सुनाउँदै नयाँ योजना बोकेर
हिंडेको प्यानललाई मत दिने बताएका थिए ।
मत माग्दै सल्लाह लिने क्रममा पोखरेलको टोली व्यावसायी ध्रुब श्रेष्ठको घरमा पुगेको
थियो । संभावना बोकेको युवा टोली सल्लाहका लागि घरमै देखेर उनी दंग थिए । टिमलाई
स्वागत गर्दै श्रेष्ठका ७४ वर्षीया आमा लिलाकुमारी श्रेष्ठले आर्शिवाद दिएकी थिईन् ।
व्यावसायी श्रेष्ठले युवा जोस र जाँगर अनि भिजन बोकेर हिंडेको टोलीले जित्ने विश्वास
व्यक्त गरे । ‘उद्योग वाणिज्य संघको छबीमा देखिएको शिथिलता देखिएको छ,’ उनले भने,
‘यदि अर्जुन जी को प्यानलले जित्यो भने मलाई लाग्छ उहाँले फेरी उचाल्न
सक्नुहुन्छ ।’ उनले अध्यक्षका अर्का प्रत्यासी पवन प्रजापति पनि अनुभवी रहेको दावी गरे । तर,
काम गर्ने समयमा अर्जुन पोखरेलको गति धेरै रहेको उनको आंकलन थियो ।
अर्जुन प्यानल पोखरेल प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । पोखरा उद्योग
वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने उनको संकल्प छ ।
पोखरेल प्यानलले उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले व्यवसायिक
भवनका रुपमा विकास गर्ने उद्देश्य लिएको छ । आफू निर्वाचित भएमा साना, मझौला र ठूला
व्यावसायीहरुको समस्यामा साथै रहने पोखरेलले बताए ।
अर्जुन प्यानलको बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी,
वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा
हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा
भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर
केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले
उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा लागेका छन् ।
अर्जुन पोखरेल प्यानल घर दैलोमै व्यस्त
अर्जुन पोखरेल प्यानल घर दैलोमै व्यस्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




