बस बहादुर शेर्पा (बसन्त)
नेपाल मोबाईल बितरक संघ,गण्डकी प्रदेशको आयोजनामा सनिबार प्रथम अन्तर मोबाईल ब्यवसायी कप फुटसल प्रतियोगीता सम्पन्न भएको छ ।
सामसुङ, एम आई र रियलमी मोबाईल मुख्य प्रायोजक रहेको प्रतियोगीतामा आठ टिमको सहभागीता थियो । कार्यक्रमको अध्यक्ष नेपाल मोबाईल बितरक संघ अध्यक्ष मनोहर श्रेष्ठ रहेको थियो । कार्यक्रमको प्रमुख अतिथी पोखरा ईलेक्ट्रोनिक्स संघका अध्यक्ष दधिराम दाहाल रहेको थियो । फुटसल प्रतियोगीतामा प्रमुख अतिथी , अतिथी नेपाल मोबाईल बितरक संघ, केन्द्रीय बरिष्ठ उपाध्यक्ष शिबराज पहारी,ले शुभकामना मन्तव्य राखेको थियो फाईनल खेलमा योर्स च्वाईस मोबाईल एण्ड टेक्निसियनको टिमले मोबाईल स्टेसन टिम लाई ३-० गोलले हराउँदै उपाधि जित्न सफल भएको थियो । प्रथम हुने टिमले नगद रू २५,५५५।०० शिल्ड प्रमाण पत्र प्राप्त गरेको थियो । र उपविजेता टिमले रू १५,५५५।०० सहित शिल्ड प्रमाण पत्र प्राप्त गरेका छ । त्यसै गरी उत्कृष्ट खेलाडी रविन मानन्धर र धेरै गोलकर्ता दिपेन रोक्काले नगद पुरस्कार पाएको थियो । पोखरमा रहेको अन्तर मोबाईल ब्यवसायी कप फुटसलमा सबै व्यापारीहरुकाे विच अन्तरसम्बन्ध अजै सुमधुर हुने जानकारी अध्यक्ष मनोहर श्रेष्ठले वताएकाे छ ।
नेपाल मोबाईल बितरक संघ,गण्डकी प्रदेशको आयोजनामा कार्यक्रमको संयोजक जिवन खत्रीले गरेको थियो भने
कार्यक्रम सञ्चालन चिन्तामणी खरेलको गरेका थिए ।




