साम्बा’ को नाममा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान छ।
गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा उनले सो कीर्तिमान बनाएकी थिइन्।
पोखरा रंशगालामा माल्दिभ्सलाई नेपालले ३-० ले हराउँदा ह्याट्रिक गरेपछि उनी नेपालका लागि सर्वाधिक गोल गर्ने फुटबलर बनिन्। ह्याट्रिकसँगै उनले अन्तर्राष्ट्रिय गोल संख्या ३८ पुर्याएकी थिइन्।
साम्बाले त्यहिँ वर्षको भदौमा किर्गिस्तानमा भएको नाडेज्दा कपमा उज्वेकिस्तानविरूद्ध २ गोल गरेर अन्तर्राष्ट्रिय गोल संख्या ३५ पुर्याएकी थिइन्। जससँग उनले अनु लामाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेकी थिइन्।




