पोखराको बुद्धचोकस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेका नौजना जुवाडे दुईलाख रुपियाँसहित पक्राउ परेका छन्।
पोखरा १० You and Me Restaurant मा सिसिटिभी राखेर जुवातास खेलिरहेका नौजना जुवाडेलाई दुईलाख रुपियाँसहित प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले शनिबार दिउसो चार बजे वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको वडा प्रहरी कार्यालय राम्बजाराले जनाइएको छ ।




