बार्सिलोना स्टार ओस्माने डेम्बेलेले आफ्नो स्तरमा पुनर्स्थापन गर्नुमा क्लबका प्रमुख खेलाडी एवम कप्तान लिओनेल मेस्सीको भूमिका रहेको खुलासा गरेका छन् । सन् २०१७ मा जर्मन लिग मार्फत बार्सिलोना प्रवेश गरेका उनले बार्सिलोनामा निकै आलोचनात्मक समय बेतित गरे । क्लब ब्रुसिया डर्टमण्ड मार्फत बार्सिलोना प्रवेश गरेका उनले बर्तमान क्लब प्रशिक्षकको आगमनसंगै धेरै खेलमा आफ्नो स्तरीय पदर्शन देखाउन सफल भएका थिए ।
यसै साता बार्सिलोनाले ला लिगा अन्तर्गत लिग चरणमा अलाभेसको सामना गर्दा डेम्बेलेका निम्ति भने १०० औ ला लिगा खेल थियो, बार्सिलोनाले आउदो खेल च्याम्पियन लिग अन्तर्गत फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मन विरुद्ध खेल्ने छ । उक्त खेलमा डेम्बेले बार्सिलोनाको सुरुवाती ११ भित्र हुने र सुरुवातबाट नै खेल्ने सम्भाबना रहेको छ ।
लिओनेल मेस्सीसंग भएको भलाकुसारी डेम्बेलेले समेत सार्वजनिक गरेका छन् । मेस्सी कै कारण उनको खेलमा र लयमा परिवर्तन आएको सकारात्मक टिप्पणी गर्दै मेस्सी नै आफ्नो परिवर्तनको मूल कारण रहेको बताएका छन् ।
यूएफासंग भएको कुराकानीमा बोल्दै डेम्बेलेले मेस्सीले गरेको कार्यबारे स्पष्टीकरण दिएका हुन्, उनि भन्छन-“मेस्सीले मलाई आफ्नो स्थान स्थापित गर्न र कहिले बल पास गर्ने भन्ने कुराको सल्लाह दिए, म बल छलाउन(ड्रीबलिंग) गर्न बढी रुचाउछु तर मेस्सीले मलाई बल प्रहार गर्ने धैर्यता राख्न सिकाएका छन् । आफ्नो सहकर्मी कुन स्थानमा छन् भन्ने कुराको हेक्का राखी बल छलाउने र प्रहार गर्ने शैलीलाई अपनाउन मेस्सीले नै प्रेरित गरे “।
डेम्बेले थप्छन -“मेस्सी निकै प्रतिभाशाली छन्, जुन हामी सबैलाई थाह नै छ । उनि विश्व फुटबलका एतिहासिक खेलाडी हुन्, उनि मेरा निम्ति प्रेरणाका श्रोत थिए र छन् ।” !
साच्चै भन्नु पर्दा उनिसंगै खेल्न पाउनु मेरा निम्ति गर्बको विषय हो, डेम्बेले यूएफालाई बताउछन् ।
यूरोपियन लिगमा डेम्बेलेले मात्र २ गोल गरेका छन् यस सिजन तर उनकै प्रयासमा बार्सिलोनाले ग्रुप चरण पार समेत गरेको थियो । च्याम्पियन लिग ४ खेलमा सुरुवाती खेल खेलेका डेम्बेलेले ३ गोल गरेका थिए, महत्वपूर्ण गोल उनले युभेन्ट्स विरुद्ध अवे गोल गरेका थिए ।




