काठमाडौं । निर्वाचन आयोगले ‘नो नट अगेन’लाई कारबाही नगर्न सर्वोच्च अदालतका नाममा अल्पकालिन आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले ‘नो नट अगेन’ फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।
उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभियुक्त दिएको भन्दै निर्वाचन आयोगले सामाजिक सञ्जालमा सञ्चालिन अभियान ‘नो नट अगेन’ बन्द गर्न निर्देशन दिएको थियो।
आयोगले कार्तिक ८ गते ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी विज्ञप्ति प्रकाशित गरेकामा सोको खारेजी माग गर्दै कात्तिक १४ गते सर्वोच्चमा रिट दायर भएको थियो।




