मंगलबार राति सम्पन्न खेलमा बार्सिलोना पीएसजीसँग पराजित भएपनि लियोनेल मेस्सीले भने खेलमा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मेस्सीले लगातार प्रतियोगिताको १७ औँ संस्करणमा गोल गर्दै रियल म्याड्रिडका लिजेन्ड राउलको कीर्तिमान बराबरी गरेका हुन् । अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोनाका कप्तानले पीएजसीबिरुद्ध २७ औँ मिनेटमा गोल गरेका थिए । सन् २००५ यता मेस्सीले च्याम्पियन्स लिगका हरेक सिजनमा गोल गरेका छन् ।
राउलले सन् १९९५ मा किशोरका रुपमा रियल म्याड्रिडका लागि पहिलोपटक च्याम्पियन्स लिगमा गोल गरेका थिए । त्यसपछि उनले सन् २०११ सम्म साल्केमा रहँदा लगातार गोल गरे । मंगलबार मेस्सीले पनि लगातार १७ औँ सिजनमा प्रतियोगितामा गोल गर्ने कीर्तिमान बनाए ।




