• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने

  •  संवाददाता
  • बिहीबार , मंसिर ०८, २०७९ मा प्रकाशित
    Advertisement

    नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ।

    राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो ।

    भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने गरी उडान तालिका स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गरिएको छ ।

    निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि नयाँदिल्ली भएर भैरहवा गन्तव्यमा उडान भर्नेछ । जसअनुरुप नेपाल एयरलाइन्स काठमाडौँबाट दिल्ली पुगेर भैरहवा फर्किनेछ ।

    भैरहवामा यात्रु ओरालेपछि जहाज काठमाडौँ फर्किनेछ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा एक घण्टा १५ मिनेटको उडान हुनेछ भने दिल्लीबाट भैरहवामा एक घण्टाको उडान हुनेछ ।

    नेपाल एयरलाइन्सलाई भैरहवाबाट दिल्ली उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

    “नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली भैरहवा उडान अनुमतिका लागि कागजात पेश गरेको थियो, प्राधिकरणले उडान तालिकाका लागि काठमाडौँ विमानस्थललाई पठाएको छ । भैरहवाबाट उडान गर्ने भएकाले अनुमति दिइएको हो”, उहाँले भन्नुभयो ।

    नेपाल एयरलाइन्सले यसअघि काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि निगमको दिल्ली नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती भइ सातामा १० उडानमा सीमित गरिएको थियो । जसका कारण हिमालय एयरलाइन्सले कात्तिक १७ देखि गौतमबुद्ध विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको थियो ।

    नेपाल एयरलाइन्सको जहाज दिल्ली पुगेर भैरहवा हुँदै काठमाडौँ फर्कदा भैरहवाबाट रित्तै काठमाडौँ आउनुपर्ने हुन्छ । भैरहवाबाट पनि काठमाडौँ यात्रु ल्याउनका लागि के कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता खड्काले बताउनुभयो ।

    “भैरहवाबाट पनि यात्रु लिएर काठमाडौँ ल्याउने कि भन्नेबारे छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “भैरहवाबाट काठमाडौँ आउने यात्रु आन्तरिक यात्रु हुने भएकाले उनीहरुलाई अध्यागमन, भन्सारलगायत प्रक्रिया पूरा गर्नु नपर्ने गरी ल्याउने विषयमा छलफल भइरहेको छ ।”

    नेपाल एयरलाइन्सले भारतको मुम्बाईमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार तथा बैङ्लोरमा साताको तीन दिन शनिबार, मङ्गलबार र बिहीबार उडान गर्दै आएको छ।

    नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्यसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।

    विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरूपमा आग्रह गरिसकेको छ।

    बिहीबार , मंसिर ०८, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.