पोखरा । नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करणबारे जानकारी
दिन शनिवार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार
सम्मेलन आयोजना गरेको छ । फेस्टिभल यही पुस ६ देखि ११ सम्म
वाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ । यस वर्षको
फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी
फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी
संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म
फाउन्डेसनले जनाएको छ ।
फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब
दई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक
एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५० भन्दा
बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् ।
फेस्टिभलमा दैनिक हजारौ साहित्य नुरागी भेला हुने आयोजकको
आकलन छ ।
यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली
लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह
प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा
करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित
व्यक्तित्वहरूको सहभागिता हुदै छ।
साथमा पुर्व प्रधानमन्त्री केपी
शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर
महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह,
पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक
बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री
स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बु लगायत विशिष्ट
व्यक्तित्वको सहभागिता रहनेछ ।
फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेने छ । फेस्टिभलको
पुर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहने
छ फेस्टिभलको पहिलो दिन गोपाल योन्जनको सम्झनामा
गोपालय सांगीतिक प्रस्तुती रहने गोपालय गीतकार, गायक तथा
संगीतकार गोपाल योन्जनको स्वगारोहणकी २५ वर्षमा उहाँप्रति
फेस्टिभलको सम्मान हो यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक
संगीतमा १०० वर्ष, अनिल शाही र उनको समुहको विशेष साङ्गीतिक प्रस्तुति
र रैथानको प्रस्तुती रहने छ फेस्टिभलको अन्तिम दिन प्रदिप
रोदनको महफिल रहने छ ।




