पोखरा–९ नयाँ बजार प्रर्दशनी केन्द्रमा सञ्चालन भएको २२ औं समृद्ध स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिता लिम्बुको मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत लिम्बुको आज (बुधबार) १२ः१० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
समृद्ध स्टील्स राष्ट्रिय औधोगिक मेलामा अवलोकनका लागि गएका लिम्बुसहित तीन युवती रोटेपिङको डम्बा अनियन्त्रित हुँदा खसेको थिए ।




