पोखरा, १० पुष । पृथ्वीनारायण क्याम्पसमा आजदेखि अन्तर संकाय सप्ताहव्यापी
खेलकुद कार्यक्रम सुरु भएको छ । खेलकुदमा करिब १ हजार विद्यार्थीको सहभागिता
हुने भएकाले क्याम्पस परिसरमा छुट्टै रौनिक देखिएको छ ।
नेपालकै दास्रो ठुलो आंगिक कलेजको रुपमा परिचित पोखरा महानगर १ स्थित
पृथ्वीनाराण क्याम्पसले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने
उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई
निरन्तरता दिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज
आचार्यले एउटा कलेजले यति ठुलो प्रतियागिताको आयोजना गर्नु प्रशंसनीय कार्य
भएको जनाए ।
।।।मानव जीवनमा खेलकुदको महत्व अपरिहार्य छ’ मेयर आचार्यले भने ।
खेलकुदले शारीरिक, मानसिक र मनोविज्ञानमा समेत प्रत्यक्ष प्रभाव पार्दछ, तपाईहरु
पनि खेलकुदमा सहभागिता जनाउनुहोला ।’
यस्तै, क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले कोरोना महामरीले २ वर्ष खेलकुद
बिथोलेपछि पुनः सुरु गरेको जानकारी दिए । विद्यार्थीहरु भोलीको दिनमा
विभिन्न क्षेत्र पुग्नेछन् भन्दै कोइरालाले खेलकुदबाट पनि देशको शिर उँचो
राख्न सकिने बताए ।
।।।अध्ययनले मानसिक चेतको विकास गर्छ भने खेलकुदले शारीरिक विकास र अनुशासनमा
सघाउ पुग्छ’ उनले भने ।।।भोलीका दिनमा खेलकुदलाई पनि करिअर बनाउन
सकिन्छ ।’
प्रतियोगिताको एथ्लेटिक्सतर्फको ५ किमी सडक दौड भने सम्पन्न भएको छ ।
दौडमा छात्र छात्रा गरी जम्मा ५३ जनाले सहभागिता जनाएका थिए ।
छात्रतर्फ व्यव्स्थापन संकाएका सञ्जोक घर्ति मगरले १७ मिनेट ५१ सेकेन्डमा दुरी
पार गर्दै प्रथम स्थान, व्यवस्थापन संकायकै विवेक तिलिजाले १८ मिनेट ७ सेकेन्डमा
दुरी पार गर्दै दोस्रोे र व्यवस्थापन संकायकै आकाश थापाले १८ मिनेट ५३
सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए ।
त्यस्तै छात्रातर्फ व्यव्स्थापन संकायका अनिशा भणडारीले २५ मिनेट ३६
सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे, व्यवस्थापनकै अञ्जु गिरीले २५
मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र मानविकी संकायका सुशिला शाहीले
२६ मिनट २४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल रहे ।
विजेतालाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रमुख प्रा.डा. विनिल
आचार्यले मेडल प्रदान गरेका छन् । प्रमाणपत्र र नगद राशी भने समापन
कार्यक्रममा दिइने क्याम्पस प्रशासनले बताएको छ ।
प्रतियोगिता १४ गतेसम्म चल्नेछ ।




