पोखरा, १३ पुस
हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट
माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा
आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आवाहान गरेको छ ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत
विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष यामबहादु रोकाले
बताए । उनले कास्की जिल्लाबाट ८ टिम छनौट हुने जानकारी दिए ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने
छन् । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकीका अध्यक्ष
रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल,
ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष
बरालले बताए ।
कास्की बाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने
प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष
सञ्जय लिगले बताए । उनले कास्की छनौट पोखरा ४ गैरापाटनमा रहेको वि– फिट
फुटसलमा हुने बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा
रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ ।
सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्बल हो । गत वर्ष
पोखरामा भएको राष्ट्रिय फुटसल लिग प्रतियोगितामा देशभरबाट चौथो स्थान
हासिल गर्ने सफल भएको थियो । प्रतियोगिताले नयाँ खेलाडीले प्रतिभा देखाउन
पाउने प्रतियोगिता संयोजक सन्तोष पराजुलीले बताए ।




