पोखरा नदीपुर स्थित थकाली समाजमा भट्टचन् छवाङ्म्हिर्कीे क्ह्यु गुठी समितीको ११ औ सम्पन्न भएको छ ।
अधिवेशन माघ ३ बाट सुरु भएको थियो भने माघ ५ गते सम्पन्न भएको छ ।
कार्यक्रममा गुठीको नियम,घरधुरी,नया सदस्यह,जन्म,मृत्यु भट्टचन्हरुको संख्या आर्थिक कारोबार सम्बन्धीहरुको छलफल भएको थियो । भट्टचन् हरुको हकहितको लागि के कसरी जाने भन्ने जस्तोकुराहरुको बारेमा जोड दिएको थियो ।
नया कार्यसमितीमा अध्यक्ष (थलो) बसन्त (काठमाण्डौ),उपाध्यक्ष (उपथलो ) सु.टंक प्रसाद भट्टचन् (काठमाण्डौ),सचिव अनिल भट्टचन् (काठमाण्डौ )
,उपसचिव प्रिजन भट्टचन् (काठमाण्डौ),कोषाध्यक्ष नारायण भट्टचन् (काठमाण्डौ) सदस्यहरु चित्र भट्टचन् (पोखरा),रमेश भट्टचन् (चितवन),टंक भट्टचन् (बुटबल),जित बहादुर भट्टचन् (वुर्तिवाङ्ग)
लिल बहादुर भट्टचन् ,(बेनी) मिना भट्टचन् (रातो ढुङ्गा) कार्यक्रम सचिव अनिल भट्टचन् ले सञ्चालन गरेको थिए ।




