पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्रीसंगै घरको घरधनी संगीता सापकोटा जलेका हुन् । जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधार आएको छ ।
संगीताको घरमा कृष्णबहादुरले स्टेशनरी पसल चलाउँदै आएका थिए । ८५ प्रतिशत जलेका महिला अवस्था चिन्ताजनक र पुरुषको २५ प्तिशत जलेको र्ईमर्जेन्सीकबाट सर्जरीमा सारेको अस्पतालका निर्देशक भरत खत्रीले भने
कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् ।
प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।
‘शनिबार नै बाइकमा प्रट्रोल सकियो भनेर साथीसँग एउटा बोटलमा पेट्रोल लिएका रहेछन्’, एक प्रहरी अधिकारीले भने, ‘बिहान पे ट्रोलको बोटल लिएर बाथरुममा गई शरीरमा छर्किएर आगो लगाउँदै रहेछन् । घरबेटी महिलाले देखेर बोटल खोस्दा उनको ज्यानमा पनि पेट्रोल खस्यो र उनलाई पनि आगो लाग्यो भन्ने छ । थप अनुसन्धान भइरहेको छ ।’
उनले चिकित्सकहरुलाई आफूलाई बाँच्न मन नभएको भन्दै उपचार नगर्न आग्रह गरेका छन् । प्रहरीका अनुसार कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादीको ताङतिङमा पढाउँछिन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन् । प्रारम्भिक अनुसन्धानले कृण्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।




