पोखरा १३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक डिएसपी सुभाष तिमिल्सिनाले बताए ।




