भिनिसियस जुनियरले फिफा क्लब विश्वकपको गोल्डेन बल जितेका छन् । रियल मड्रिडका युवा खेलाडी भिनिसियसले रियल मड्रिडलाई क्लब विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अवार्ड जितेका हुन् ।
शनिबार राति रियलले साउदीको अल हिलाललाई ५–३ गोल अन्तरले हराउँदै कीर्तिमानी पाँचौं पटक उपाधि जितेको थियो ।
भिनिसियसले फाइनलमा दुई गोल गर्दै रियललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे । प्रतियोगिताको २ खेलमा जुनियर ३ गोल र एक असिस्ट गरेका थिए ।




